घरभित्र पानी पस्दा सातमहिने बच्चाको मृत्यु

सोमबार, २५ असार, २०८१
डिजिटल संस्करण

चार दिनदेखिको लगातारको भीषण वर्षाले कञ्चनपुरमा एक बच्चाको मृत्यु भएको छ । कृष्णपुर नगरपालिका– १ पहरियाका सातमहिने बच्चाको  मृत्यु भएको हो । लगातारको वर्षाका कारण घरभित्र पानी पसेर खाटमा सुतिरहेको  बच्चाको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेश जोशीले आमासँगै खाटमा सुतेका सोनु धानुकको मृत्यु भएको बताए । ‘खाटमुनि घरभित्रै पानी पसेको रहेछ,’ उनले भने, ‘खाटबाट भुइँमा खस्दा पानीमा डुबेर नाबालकको मृत्यु भयो ।’ 

See More On

सुझावित समाचार