कर्णाली नदीको बहावले सतर्कता तह पार गर्‍यो, कैलाली र बर्दियामा बाढीको जोखिम

आइतबार, २३ असार, २०८१
डिजिटल संस्करण

कर्णाली नदीको बहावले सतर्कता तह पार गरेको छ। लगातारको वर्षाका कारण कर्णाली नदीको चिसापानी क्षेत्रमा जलसतह १०. ८ मिटर पुगेको छ।

यहाँ जलसतह १० मिटर पुगेका सतर्कता तह पार गरेको र तटीय क्षेत्रमा बाढीको जोखिम रहन्छ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार सतर्कता तह पार गरेपछि कैलाली र बर्दियाका नागरिकका मोबाइलमा सतर्कता अपनाउन एसएमएस पठाइएको छ। यस क्षेत्रमा सोमबारसम्म बाढीको जोखिम छ।

सुझावित समाचार