अबिरल वर्षाका कारण जिल्लाकै अन्नभण्डारका रुपमा मानिएको माडीफाँट डुबानमा परेको छ ।
त्यस्तै, रामपुर क्षेत्र र तानसेनस्थित प्रवास र बाँसटारी क्षेत्रमा पनि सयौं रोपनी खेत डुबेको छ । किसानले केही दिनअघि मात्रै यो क्षेत्रमा रोपाँई गरेका थिए ।
अविरल वर्षाले कारण सयौँ रोपनी खेत ताल बनेको छ ।
रुखले च्याँपेर २ घाईते
रम्भा गाउँपालिका–२, फोक्सिङकोटमा रुख ढल्दा रम्भा–३, का १९ वर्षीय शिव गाहा र इन्द्र राना घाइते भएको पाल्पा प्रहरीले जनाएको छ । रुखले वडा कार्यालय र शौचालयमा क्षति पुगेको छ ।
रामपुर नगरपालिका–९, मधुकोटका कमलबहादुर साठीघरेको गोठमा पहिरो खस्दा एउटा भैंसी, तीन वठा बाख्रा मरेका छन । रिव्दीकोट मालमुलकी मिना विकको एकतले कच्ची घर र गोठमा पहिराले क्षती पुगेको छ ।
सडक बन्द
अविरल वर्षातका कारण जिल्लाका विभिन्न ठाउँमा पहिरो जाँदा पाल्पा आउने तथा यहाँबाट अन्य जिल्ला जाने सवारी आवागमन बन्द भएका छन्।
सिद्धार्थ राजमार्ग अन्तर्गत चर्चरेमा लेदो सहितको पहिरो गएको छ । त्यस्तै बर्तुङ र कालिमाटी क्षेत्रमा समेत पहिरो जाँदा रुपन्देही सँग पाल्पाको आवातजावत बन्द छ ।
स्याङजाबाट पाल्पा प्रवेस गर्ने राम्दी नजिकै राजमार्ग माथिबाट आएको लेदो सहितको पहिरोले बाटो बन्द छ । त्यस्तै राजमार्गकै अगाँहाखोला र पिपलडाँडाको बीच सीता पहाडमा पहिरो खसेर सडक अवरुद्ध भएको छ । राम्दी क्षेत्र पनि पनि पहिरोका कारण अवरुद्ध छ ।
गुल्मीबाट आवत जावतका लागि पनि तानसेन तम्घास सडक ठाउँठाउँमा बन्द छ । रिब्दीकोट गाउँपालिकाको खस्यौली मालमुलमा पहिरोसँगै खसेको ढुंगाले लाग्दा घरमा क्षति पुगेको छ ।
त्यस्तै पार्किङ गरी राखेको दुई वटा मोटरसाइकलमासमेत क्षति पुगेको प्रहरीले जनाएको छ । तानसेन–रिडी सडक खण्डको मालमुल, अर्गली, लघुवा, जोर्ते लगायतका स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
त्यस्तै तानसेनबाट अर्घाखाँची जाने सडक समेत अबरुद्द छ । सो बाटोमा पनि पहिरो खसेको छ ।
आर्यभन्ज्याङ रामपुर सडकको विभिन्न स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको छ । कालीगण्डकी करिडोर अन्तर्गत सहदीखोला, लगायतका स्थानमा समेत पहिरो खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी डिएसपी सुगन्ध श्रेश्ठले बताएका छन ।
गुल्मी, स्याङजा, पर्वत जाने सवारी बिचबाटोमै छन । वर्षा नरोकिएकाले पहिरो पन्छाउन समस्या भइरहेको प्रहरीले जनाएको छ ।
रानीमहल पनि जोखिममा
कालीगण्डकी नदीमा आएको बाढीका कारण नेपालको ताजमहल मानिले रानीमहल समेत जोखिममा छ । रानीमहल क्षेत्रका १५ टहरा डुबेका छन । रानीमहल क्षेत्रका टहरामा नबस्न प्रहरीले अनुरोध गरेको छ ।