आठ विधामा इन्जिनियरलाई पुरस्कृत गरिँदै

शुक्रबार, २१ असार, २०८१
डिजिटल संस्करण

नेपाल इन्जिनियर्स एसोसिएसन (नेइए)ले इन्जिनियर दिवसको अवसर पारेर आठ विधामा उत्कृष्ट इन्जिनियरहरूलाई सम्मान एवं पुरस्कृत गर्ने भएको छ।

आफ्नो विधाबाट देशका लागि योगदान गर्ने इन्जिनियरहरूको मूल्यांकनका लागि सम्मान तथा पुरस्कृत गर्न लागिएको एसोसियसनका महासचिव रविभूषण झाले जानकारी दिए।

त्यसका लागि असार २५ गतेभित्र आफू वा आफूलाई उपयुक्त लागेको व्यक्तिको नाम सिफारिस गर्न एसोसिएनले सार्वजनिक सूचना जारी गरेको छ। साउन ३ गते ६२औँ इन्जिनियर दिवसको अवसरमा पुरस्कार तथा सम्मानपत्र हस्तान्तरण गरिने बताइएको छ।

पुरस्कार र सम्मानका लागि परेका आवेदनहरूमध्येबाट निर्णायक समितिले नाम छनाेट गर्नेछ।

सुझावित समाचार