मोरङको उर्लाबारीमा सोमबार साँझ टिपरको ठक्करबाट आमाकाे मृत्यु भएको छ भने बालक छोरा घाइते भएका छन्।
सोमबार साँझ ६ बजे मधुमल्ला–उर्लाबारी सडकखण्डमा दक्षिणतर्फ आउँदै गरेको प्रदेश ०३००१क १०९० नम्बरको टिपरले ठक्कर दिँदा उर्लाबारी– ६ गोपालचोककी सीता बोहोराको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा मृतक सीताका आठ वर्षीय छोरा प्रशान्त गम्भीर घाइते भएका छन् ।
उनको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनामा संलग्न टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।