जुसको बट्टामा कोकिन, ठमेलबाट दुई तान्जेनियन नागरिक पक्राउ

सोमबार, १७ असार, २०८१
डिजिटल संस्करण

प्रहरीले कोकिनसहित दुई तान्जेनियन नागरिकलाई ठमेलबाट पक्राउ गरेकाे छ। होटेल ग्यालरीबाट एक किलो २४७ ग्राम कोकिनसहित ५२ वर्षीय रामाधानी सिम्बा वाबुम्बा र त्वालिब किपेभु पासुवालाई पक्राउ गरिएको हो।

लागुऔषध नियन्त्रण ब्युरोको टोलीले विमानस्थलदेखि पछ्याएर उनीहरूलाई पक्राउ गरेको हो। जुसको बट्टामा क्याप्सुल बनाएर लुकाई उनीहरूले कोकिन तस्करी गरेका थिए।

सुझावित समाचार