३५ हजारभन्दा बढीलाई दियो ग्लोबल बैंकले वित्तीय साक्षरता

सोमबार, १८ असार, २०८१
डिजिटल संस्करण

ग्लोबल आइएमई बैंकले दुई सय ३३ वटा शाखा कार्यालयमार्फत एकसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकले सातवटै प्रदेशअन्तर्गत आयोजना गरेका कार्यक्रममा ३५ हजारभन्दा बढीको सहभागिता रहेको थियो ।

बैंकको कोशी प्रदेशको कार्यक्रममा तीन हजार पाँच सय, मधेशमा दुई हजार दुई सय, बागमतीमा १५ हजार, गण्डकीमा पाँच हजार पाँच सय, लुम्बिनीमा ६ हजार, कर्णालीमा पाँच सय र सुदूरपश्चिममा दुई हजार पाँच सयभन्दा बढी लक्षित वर्गको सहभागिता रहेको थियो । बैंकले चालू आर्थिक वर्ष ०८०/८१ मा मुलुकका ७७ जिल्लामा रहेका आफ्ना शाखामार्फत वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिरहेको हो । 

कार्यक्रममा बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ, बिमा, लगानी, अतिरिक्त बैंकिङ सेवाहरू, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइएको छ । 

सुझावित समाचार