गायिका स्मिता दाहालको नयाँ गीत ‘ज्यानमाया’ सार्वजनिक भएको छ। ‘मायालु तिमी कता छौ’, ‘मालिंगाे’, ‘आँखामा गाजल’, ‘लुकाउने ठाउँ छैन’जस्ता हिट गीत दिएकी गायिका दाहालले शुक्रबार ‘ज्यानमाया’ बजारमा ल्याएकी हुन्।
नवराज ढुंगानाको शब्द रहेको गीतमा दीपक शर्माले संगीत भरेका छन्। गीतको भिडियोमा प्रियंका कार्की र कविता नेपालीसहित सरोज वली देखिएका छन्। भव्य सेट लगाएर निर्माण गरिएको यो भिडियो हेर्दा दर्शकलाई दक्षिण भारतीय फिल्मको झल्को दिन्छ।
श्यामस्वेत रसाइलीले एरेन्ज गरेको यो गीतको भिडियो छायांकन र सम्पादन पवन सुस्लिङले गरेका हुन्। भिडियो निर्देशन गम्भीर विष्टले गरेका छन्।