रावा बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा लोहनी

शुक्रबार, १५ असार, २०८१
डिजिटल संस्करण

राष्ट्रिय वाणिज्य बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा देवेशप्रसाद लोहनी नियुक्त भएका छन् । बैंक सञ्चालक समितिले उपकार्यकारी अधिकृत लोहनीलाई बैंकको रिक्त रहेको तह १२ को नायब प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गरेको हो । 

०५१ सालमा कम्प्युटर प्रोग्रामर (तह ७) का रूपमा बैंकिङ सेवामा प्रवेश गरेका लोहनीले व्यवस्थापन तथा भौतिक विज्ञानमा स्नातकोत्तर उत्तीर्ण गरेका छन् । उनले सूचना प्रविधिमा विभिन्न अन्तर्राष्ट्रिय कोर्स पूरा गरेको बैंकले जनाएको छ ।

सुझावित समाचार