कार्टुन क्रुको प्रस्तुतिमा तयार भएको वेबसिरिज ‘स्वस्तानी भर्सेस ग्याङ’को पहिलो एपिसोड सार्वजनिक भएको छ।
सरोज अधिकारीको निर्देशनमा तयार भएको सिरिजमा अधिकारीसहित आश्मा विश्वकर्मा, लक्ष्मी गिरी, प्रताप दास, विजय अधिकारी, जिवेशसिंह गुरुङ, अभिप्सा खनाल, सोनिया लामा, निकलोस अर्याल, मानष श्रेष्ठ, अस्मिता खनाल, रोश्नी कार्कीलगायतका कलाकारको अभिनय रहेको छ।
वेबसिरिजलाई सरोज र सागर खनाल मिलेर निर्माण गरेका छन्। सिरिजको कार्यकारी निर्माता विजय अधिकारी बन्नी हुन्।
सिरिजको पहिलो शृंखलामा प्रताप र आश्माको लभ इन्ट्रेस्टलाई प्रस्तुत गरिएको छ। विभिन्न सोच भएका युवा पुस्ताका पात्रहरू समावेश गरिएको सिरिजको कथा र पटकथा सरोज र सागरले मिलेर तयार पारेका छन्।
सिरिजलाई मिठास बनाउन योगेशकाजी शाह र सारिका घिमिरेले स्वर थपेका छन्। वेबसिरिजमा संकल भुजेलको छायांकन र सागर खनालको सम्पादन रहको छ। एड्भेन्चर, कमेडी, रोमान्टिक ड्रामा जनरामा राखिएको यो सिरिज कार्टुन्ज क्रुको युट्युब च्यानलबाट स्ट्रिमिङ भएको छ।