बागमतीमा आज पनि बजेटमाथि छलफल जारी रहने

बुधबार, १२ असार, २०८१
डिजिटल संस्करण

१ असारमा सार्वजनिक भएको बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलका लागि आज पनि बागमती प्रदेश सभा बैठक बस्दै छ । 

बैठक आज बिहान ११:३० बजे बोलाइएको प्रदेश सभा सचिवालयका सचीव कृष्णहरि खड्काले जानकारी दिए । आजको बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्षको विनियोजित विधेयकमाथि छलफल हुने कार्यसूची रहेको छ ।

बैठकमा मन्त्रालयगत बजेट कार्यक्रममाथि सांसदहरूले आफ्नो धारणा राख्ने प्रदेश सभा सचिवालयका सचिव खड्काले बताए । मंगलबारको बैठकमा विभिन्न पाँचवटा मन्त्रालयको बजेटमाथि छलफल भएको थियो भने आजको बैठकमा बाँकी मन्त्रालयको बजेटमाथि छलफल हुने उनले जानकारी दिए । 

प्रदेश सरकारले असार १ गते बसेको प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्षमा लागि ६४ अर्ब ५४ करोड चार लाख रुपैयाँको बजेट सार्वजनिक गरेको थियो । 

See More On

सुझावित समाचार