अमेरिकामा जारी कोपा अमेरिका– २०२४ मा उरुग्वेले सानदार सुरुवात गरेको छ। पानामालाई ३–१ गोलअन्तरले पराजित गर्दै उरुग्वेले कोपामा सानदार सुरुवात गरेको हो।
अमेरिकाको हार्ड रक रंगशालामा नेपाली समयअनुसार आज बिहान भएको खेल जित्दै समूह ‘सी’मा रहेको उरुग्वेले महत्त्वपूर्ण तीन अंक आर्जन गर्याे।
यही समूहमा रहेको अमेरिकाको पनि तीन अंक छ। तर, गोलअन्तरमा अघि रहँदै उरुग्वे शीर्ष स्थानमा छ।
उरुग्वेले १६औँ, ८५औँ र अतिरिक्त समयमा समयमा गरी तीन गोल गर्याे। पानामा अतिरिक्त समयको चौथो मिनेटमा सान्त्वना गोल गर्न सफल भयो।