युरो–२०२४ : पोल्यान्ड समूह चरणबाटै बाहिरियो

शनिबार, ८ असार, २०८१
डिजिटल संस्करण

स्टार खेलाडीले भरिएको पोल्यान्ड युरो–२०२४ को समूह ‘डी’बाट बाहिरिएको छ । पोल्यान्ड लगातार दुई खेलमा पराजित हुँदै समूह चरणबाटै बाहिरिएको हो । प्रतियोगिताको शुक्रबार अस्ट्रियाले पोल्यान्डलाई ३–१ को जित निकाल्यो । अस्ट्रियाले दुई खेलबाट तीन अंक जोडेको छ ।

अस्ट्रियाले नकआउट चरणको आशा जीवितै राखेको छ । खेलको नवौँ मिनेटमा अस्ट्रियाले १–० को अग्रता लिएको थियो । टुर्नरले अग्रता दिलाएका थिए । खेलको ३०औँ मिनेटमा पिटेकले पोल्यान्डलाई बराबरीमा पुर्याए । उनले डिबक्समा सटीक गोल गरेका थिए । खेलको ६६औँ मिनेटमा बाउगटर्नरले अस्ट्रियालाई २–१ को स्थितिमा राखे । खेलको ७८औँ मिनेटमा अर्नाटोभले पेनाल्टीमा गोल गर्दै अस्ट्रियालाई ३–१ को जित दिलाए । 

यसैगरी, शुक्रबार समूह ‘ई’मा युक्रेनले स्लोभाकियाविरुद्ध पुनरागमन जित निकाल्यो । डसेलडोर्फमा भएको प्रतिस्पर्धामा युक्रेन २–१ ले विजयी भएको हो । खेलको १७औँ मिनेटमा इभान स्क्रान्जलिएले स्लोभाकियालाई १–० को अग्रता दिलाए । उनले लुकास हरासलिनको क्रसमा हेडिङ गोल गरेका थिए ।

खेलको ५४औँ मिनेटमा युक्रेनका लागि माइकोला सापारेन्कोले १–१ को बराबरी गोल फर्काए । ओलेकसान्दर जिन्चेन्कोको क्रसमा माइकोलाले डिबक्सभित्र गोल गरे । खेलको ८०औँ मिनेटमा युक्रेनका लागि रोम यारेमुचुकले विजयी गोल गरे । युक्रेनले तीन अंक बटुलेको छ । स्लोभाकियाले पहिलो खेलमा बेल्जियमलाई १–० ले हराएको थियो । 

सुझावित समाचार