भरतले पेरिस पारा ओलम्पिक खेल्ने

बिहिबार, ७ असार, २०८१
डिजिटल संस्करण

पारा तेक्वान्दो खेलाडी भरतसिंह महताले फ्रान्समा हुने पेरिस पारा ओलम्पिक– २०२४ मा खेल्ने भएका छन् । भरत वाइल्ड कार्ड कोटाबाट पेरिस पारा ओलम्पिकका लागि छनोट भएको नेपाल तेक्वान्दो संघले जनाएको छ ।

भरतले पेरिस पारा ओलम्पिकमा के–४४ क्याटगोरीअन्तर्गत पुरुष ५८ केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् । पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाले भरतकोे तौल समूहमा १२ खेलाडी छन् । छनोट हुने भरत अन्तिम खेलाडी हुन् । वरीयताका आधारमा ६ खेलाडी तथा बाँकी पाँच खेलाडीले छनोट चरण पार गरी स्थान पक्का गरिरहेका छन् । 

२७ वर्षीय भरतले १८ महिनादेखि राष्ट्रिय टिममा रहेर प्रशिक्षण गरिरहेका छन् । उनीसँग दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको अनुभव छ । चीनको ताइयानमा २ देखि ४ चैतसम्म पेरिस ओलम्पिकका लागि भएको एसियाली छनोट तथा भियतनामको दनाङमा ६ जेठमा भएको नवौँ एसियाली पारा तेक्वान्दो प्रतियोगितामा उनले सहभागिता जनाएका थिए ।

एसियाली छनोटको पहिलो खेलमा इन्डोनेसियाका खेलाडीलाई हराएका उनले सेमिफाइनलमा मंगोलियाका खेलाडीविरुद्ध खेलेका थिए । यस खेलमा उनी पराजित भए । 

See More On

सुझावित समाचार