नेप्से सामान्य अंकले बढ्यो, तीन अर्ब ४० करोडको कारोबार

बुधबार, ५ असार, २०८१
डिजिटल संस्करण

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ । आज नेप्से परिसूचक २.२७ अंकले बढेर दुई हजार ७८.७६ को विन्दुमा कायम भएको हो।

आज तीन सय आठ कम्पनीको ७२ लाख नौ हजार सात सय ५७ कित्ता सेयर ४८ हजार सात सय ६ पटक खरिद–बिक्री हुँदा रु. तीन अर्ब ४० करोड ४३ लाख ७२ हजार ६ सय ३२ बराबरको कारोबार भएको छ।

आजको कारोबारमा बैंकिङ ०.१४, वित्त २.६२, जलविद्युत् ०.३२, लघुवित्त ०.१४, निर्जीवन बिमा समूह ०.१७ र अन्य समूहको उपसूचक ०.१६ प्रतिशतले बढेको छ । अरू सबै समूहको उपसूचक घटेको छ । 

विकास बैंक समूह ०.१२, होटेल तथा पर्यटन ०.३६, लगानी ०.१८, जीवन बिमा ०.१३, उत्पादन तथा प्रशोधन समूह ०.४३, म्युचुअल फन्ड ०.०७ र व्यापार समूह १.३२ प्रतिशतले घटेको छ ।

नेपाल फाइनान्स लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ९.८८ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका सेयर संख्याका आधारमा सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडको रु. २० करोड २३ लाख ३८ हजार एक सय ४० बराबरको दुई लाख ८५ हजार ४० कित्ता सेयर किनबेच भएको छ ।

सुझावित समाचार