नेकपा एकीकृत समाजवादी बाँकेले सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि चयन गरेको छ।
पार्टीको दशौँ महाधिवेशनका लागि आज देशैभर प्रतिनिधि चुनिँदै छन्। यसै क्रममा बाँकेका तीनैवटा क्षेत्रबाट प्रतिनिधि चुनिएका हुन्।
एकीकृत समाजवादी बाँकेका सचिव दीपक जिएमका अनुसार क्षेत्र नम्बर १ बाट दलिततर्फबाट रामकृष्ण विक, युवाबाट प्रेमकुमारी शाही, महिलाबाट मन्जु कोइराला तथा खुलाबाट भगवती अधिकारी, दीपक शाही, शिव डाँगी र दीपक शाहीसहित आठजना चुनिएका छन्।
यसैगरी क्षेत्र नम्बर २ बाट डम्बर थापामगर, लक्ष्मणप्रसाद गौतम, बद्रीबहादुर यादव, नीलम ज्ञवालीसहित चारजना र क्षेत्र नम्बर ३ बाट इन्द्रबहादुर थापा, दीपक जिएम, कर्णबहादुर खत्री, मकवुल खाँ, सन्तबहादुर विक, भगवती शाहसहित ६ जना चुनिएका छन्।
मजदुर फाँटबाट रत्ना गिरीसहित जिल्लाभरबाट १९ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत चुनिएका हुन्। एकीकृत समाजवादीको दशौँ महाधिवेशन यही असार १६ देखि २० गतेसम्म काठमाडौंमा हुँदै छ।