रोस्ट्रममा ५ रुपैयाँ छोड्दै खतिवडाले भने– बाँकी बजेट पनि भौतिकमन्त्रीकै क्षेत्रमा पठाऔँ

मंगलबार, ५ असार, २०८१
डिजिटल संस्करण

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले भौतिक पूर्वाधार मन्त्रालयको बजेट धनुषामा केन्द्रित गरिएको भन्दै आपत्ति जनाएका छन्।

आगामी आवको विनियोजन विधेयक शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसद खतिवडाले आठ अर्ब रुपैयाँ धनुषा गएको भन्दै बाँकी रहेको बजेट पनि उतै लैजान भन्दै व्यंग्य गरे।

भौतिक मन्त्रालयको बजेट १५ दिन ढिलो आएको र त्यसमा जनकपुरलाई केन्द्रित गरिएको भन्दै खतिवडाले मन्त्रीले आफ्नो निर्वाचन क्षेत्र धनुषा- ४ र पत्नी जुलीकुमारी महतो निर्वाचित धनुषा- ३ मा बजेट खन्याएको आरोप लगाए। 

‘यतिले पनि पुग्दैन भने १६५ निर्वाचन क्षेत्रमध्ये बाँकी रहेका सबै क्षेत्रको पनि बजेट दिऊँ। यतिले पनि नपुग्ने देखेकाले खर्च कटौती होइन, म पाँच रुपैयाँ थप्न चाहन्छु,’ रोस्ट्रममा ५ रुपैयाँ छोड्दै खतिवडाले आक्रोश पोखे।

सुझावित समाचार