गोली हानेर क्याम्पस प्रमुखको हत्या

हत्यारा फरार

शुक्रबार, ३२ जेठ, २०८१
डिजिटल संस्करण

बाराको आदर्श कोतवाल गाउँपालिका– ३ मा अज्ञात समूहले गोली प्रहार गरेर क्याम्पस प्रमुखको हत्या गरेको छ । रामराजा बहुमुखी क्याम्पस कलैयाका प्रमुख आदर्श कोतवाल– २ खजुरिया टोल बस्ने हरिभूषण कुशवाहको हत्या भएको हो । 

गोली प्रहारबाट गम्भीर घाइते भएका कुशवाहको बयोधा अस्पताल वीरगन्जमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । अनुसन्धान जारी रहेकाले  विस्तृत विवरण आउन बाँकी रहेको बारा प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले बताए ।

गत वर्ष १३ कात्तिकमा बाराको कलैयास्थित बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल ३६ वर्षीय गुड्डु भनिने रूपेश सर्राफको पनि हत्या भएको थियो। हत्यारा अझै पत्ता लाग्न सकेको छैन। 

सुझावित समाचार