युनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद सेयर निष्कासनको प्रस्ताव पारित भएको छ। कम्पनीको बिहीबार बसेको विशेष साधारणसभाले चुक्ता पुँजी दुई अर्ब १० करोडको १५ प्रतिशतले हुन आउने १०० बराबर १५ कित्ता हकप्रदको प्रस्ताव पारित गरेको हो ।
हकप्रद निष्कासनपछि कम्पनीको कुल चुक्ता पुँजी दुई अर्ब ४१ करोड पुग्ने बताइएको छ। साथै, साधारणसभाले हकप्रद जारी गरेपश्चात् कम्पनीको चुक्ता पुँजी वृद्धि हुने हुँदा सोहीबमोजिम कम्पनीको प्रबन्धपत्र एवं नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि पारित भएको छ ।
कम्पनीले २९ जेठसम्म दुई लाख दुई हजार ६ सय १८ बिमालेख र दुई अर्ब ३६ करोड ७८ लाख ७७ हजार नौ सय ३९ रुपैयाँ बिमाशुल्क आर्जन गरेको छ । साथै, चालू आवको तेस्रो त्रैमाससम्म २७ करोड ८२ लाख २४ हजार दुई सय १५ रुपैयाँ खुद नाफा आर्जन गरेको जनाएको छ ।