नेपालमै निर्मित हुन्डाई भेन्युको बिक्री–वितरण सुरु भएको छ । नेपालका लागि हुन्डाई मोटर कम्पनीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्नो भगिनी संस्था लक्ष्मी मोटर कर्पोरेसनबाट उत्पादित हुन्डाईको बिक्री–वितरण सुरु गरेको हो ।
पहिलो चरणमा हुन्डाईका दुई भेरिएन्ट उत्पादन गर्ने र क्रमशः केही समयभित्र नै थप अरू भेरिएन्टहरूको उत्पादन पनि बढाउँदै जाने कम्पनीको योजना रहेको बताइएको छ । नेपालमै उत्पादित गाडीको गुणस्तर तथा पर्फमेन्स हुन्डाईका कोरियामै उत्पादित गाडीसरह हुने कम्पनीले जनाएको छ ।
हाल बिक्री–वितरण सुरु भएको भेन्यु एफएल १.२ एसको मूल्य ४४ लाख ९६ हजार र भेन्यु एफएल १.२ एसएक्सको ५३ लाख ५६ हजार रहेको छ ।