आइसिसी टी–२० विश्वकप : पपुवा न्युगिनीलाई हराउँदै अफगानिस्तान विश्वकपको सुपर एटमा

शुक्रबार, ३२ जेठ, २०८१
डिजिटल संस्करण

अफगानिस्तान पपुवा न्युगिनीलाई पराजित गर्दै आइसिसी टी–२० विश्वकपको सुपर एटमा प्रवेश गरेको छ ।उक्त खेलमा अफगानिस्तान पपुवा न्युगिनीलाई सात विकेटले पराजित गर्दै विश्वकपको सुपर एटमा पुगेको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार पपुवा न्युगिनीले दिएको ९६ रनको सामान्य लक्ष्य पछ्याएको अफगानिस्तानले १५.१ ओभरमा तीन विकेट गुमाएर लक्ष्य पूरा गर्याे । अफगानिस्तानको जितमा गुलबदिन नइबले अविजित ३६ बलमा चार चौका र दुई छक्काको सहयोगमा सर्वाधिक ४९ रनको योगदान दिए ।
 
यसैगरी, मोहम्मद नाबीले २३ बलमा एक चौकासहित अविजित १६ रन जोडे । त्यसैगरी, अजमतुल्लाले १३ तथा रहमानदुल्लाह गुरबाजले ११ रन जोडे । पपुवा न्युगिनीका लागि अलिई नाओ, सेमो कमेई र नोर्मान भानाउले समान एक–एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पपुवा न्युगिनी १९.५ ओभरमा सबै विकेट गुमाउँदै ९५ रनमा समेटिएको थियो । पपुवा न्युगिनीका लागि  किप्लिन डोरिगाले सर्वाधिक २७ रनको योगदान दिए ।  एली नाओले १३ तथा टोनी उराले ११ रन बनाए । अफगानिस्तानका लागि फजलहक फारुकीले तीन विकेट लिँदा नवीन उलहकले दुई तथा नूर अहमदले एक विकेट लिएका थिए ।

सुझावित समाचार