तेस्रो प्याब्सन विराट कप फुटबल प्रतियोगितामा विराटनगरका चार स्कुल क्वार्टरफाइनलमा पुगेका छन्। सहिद मैदानमा बिहीबार एभरेस्ट, सनसाइन, दिल्ली पब्लिक र सगरमाथा स्कुल अन्तिम आठमा पुगेका हुन्।
पहिलो खेलमा एभरेस्टले ग्रिनल्यान्ड स्कुललाई ३–० ले हरायो। सनसाइन स्कुलले पूर्वाञ्चललाई २–० ले हरायो । अर्को खेलमा सगरमाथाले सिद्धार्थलाई ३–० ले निराश बनायो। सगरमाथाका समयुलाले ह्याट्रिक गरे । दिल्ली पब्लिक स्कुलले जेम्स स्कुललाई ३–० ले हरायो ।
शुक्रबारको पहिलो खेल गोदावरी र गौतम बुद्ध स्कुलबीच हुनेछ । दोस्रो खेल स्टार र सेन्ट जोसेफ स्कुलबीच हुने खेल संयोजक नन्दलाल मण्डलले जानकारी दिए ।