काठमाडौं उपत्यकामा आज दिउँसो आंशिक बदली र राति हल्का वर्षा हुने पूर्वानुमान

शुक्रबार, ३२ जेठ, २०८१
डिजिटल संस्करण

काठमाडौं उपत्यकामा बिहीबारको तुलनामा आज केही शीतल हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। राजधानीमा आज दिउँसो आंशिक बदली हुनेछ भने राति हल्का वर्षा हुनेछ।

आज यहाँको अधितकम तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसबीच रहने पूर्वानुमान गरिएको विभागका मौसमविद् सञ्जीव अधिकारीले  बताए । उनले भने, ‘स्थानीय वायुको प्रभावले आज राति मेघगर्जनसहित काठमाडौं उपत्यकामा हल्का वर्षा हुने सम्भावना छ ।’ कोशी प्रदेशमा सक्रिय मनसुनी वायु काठमाडौं उपत्यकामा आइपुग्न अझै केही दिन लाग्ने उनले बताए ।

विभागले आज बिहान ६ बजे जारी गरेको दैनिक मौसम बुलेटिनअनुसार हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी भागमा स्थानीय र पश्चिमी वायु तथा भारतको बिहारआसपास रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । 

कोशी प्रदेशमा साधारणतया बदली रहेको तथा मधेश प्रदेश र बागमती प्रदेशलगायत देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली भएको छ । देशका बाँकी भागमा मौसम सफा रहेको छ । कोशी प्रदेशका केही स्थान तथा बागमती प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

See More On

सुझावित समाचार