आइसिसी टी–२० विश्वकप : न्युजिल्यान्डलाई हराउँदै वेस्ट इन्डिज सुपर एटमा

बिहिबार, ३१ जेठ, २०८१
डिजिटल संस्करण

आइसिसी टी–२० विश्वकप २०२४ को सहआयोजक वेस्ट इन्डिज पनि सुपर एटमा प्रवेश गरेको छ।

आफ्नो तेस्रो खेलमा न्युजिल्यान्डलाई १३ रनले पछि पार्दै वेस्ट इन्डिज अन्तिम आठमा स्थान बनाउन सफल भएको हो।

अस्ट्रेलिया, दक्षिण अफ्रिका र भारत यसअघि नै सुपर एटमा प्रवेश गरिसकेका छन्।

टरौबास्थित ब्रायन लारा खेलमैदानमा आज बिहान भएको खेलमा पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ४९ रन बनाएको थियो। 

जवाफी ब्याटिङमा उत्रिएको न्युजिल्यान्डले २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ३६ रन मात्र बनाउन सक्यो।

आफ्ना तीनवटै खेल जितेको वेस्ट इन्डिजको ६ अंक छ भने दुई खेलमा दुवै जित्दै अफगानिस्तान चार अंकसहित दोस्रो स्थानमा छ। समूह ‘सीमा तीन खेलबाट दुई अंकसहित युगान्डा तेस्राे स्थानमा छ।

दुई खेलमा दुवै गुमाएर पपुवा न्युगिनी चौथो र न्युजिल्यान्ड पाँचौँ स्थानमा छ।

सुझावित समाचार