अत्यधिक गर्मी बढेपछि हेटौँडाका विद्यालय दुई दिन बन्द

बुधबार, ३० जेठ, २०८१
डिजिटल संस्करण

अत्यधिक गर्मी बढेपछि हेटौँडाका सम्पूर्ण विद्यालय दुई दिनका लागि बन्द गरिएको छ। बुधबार सूचना जारी गर्दै हेटौँडा उपमहानगरपालिकाले बिहीबार र शुक्रबार दुई दिन विद्यालय बन्द गर्ने निर्णय भएको जानकारी गराएको हो।

केही दिनयता बढेको अत्यधिक गर्मीका कारण विद्यार्थी एक्कासि बेहोस हुने, ढल्नेजस्ता समस्या देखिएपछि बिदा दिने निर्णय भएको उपमहानगरपालिकाले जनाएको छ।

हेटौँडा उपमहानगरपालिकाका सूचना अधिकारी भानुभक्त थपलियाले पछि बिदा मिलान गर्ने गरी बिदा दिइएको बताए।

सुझावित समाचार