गण्डकीकी एन्जल अधिकारीले पोखरामा जारी यू १५ विद्यालयस्तरीय खेलकुद प्रतियोगिताअन्तर्गत १०० मिटर छात्रातर्फ स्वर्ण पदक हात पारेकी छिन्।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) र प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजनामा जारी प्रतियोगिताअन्तर्गत निर्धारित १०० मिटरको दूरी १३:५६ सेकेन्डमा पार गर्दै अधिकारीले स्वर्ण हात पारेकी हुन्।
१३ः७२ सेकेन्डमा दूरी पूरा गर्दै लुम्बिनीकी आरुशी भट्टराईले रजत र बागमतीकी मुस्कान चौधरीले १४ः२७ सेकेन्डले दूरी पूरा गर्दै कांस्य पदक हात पारिन्।
यसैगरी छात्रतर्फ लुम्बिनीका शुभम बमरेलले ११ः४६ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण, मधेशका अर्जुन शाहले ११ः८५ सेकेन्डमा दूरी पूरा गरी रजत र कोशीका राजन बान्तवा राईले ११ः९१ सेकेन्डमा दूरी पार गर्दै कांस्य पदक हात पारे।
४०० मिटर छात्रतर्फ सुदूरपश्चिमका बरुणदत्त रानाले ५३.६२ सेकेन्ड दूरी पूरा गर्दै स्वर्ण, मधेशका दीपेश शाहले ५३ः६९ सेकेन्डमा दूरी पूरा गर्दै रजत र लुम्बिनीका सुशान्त थारूले ५४ः२४ सेकेन्डमा दूरी पूरा गर्दै कांस्य पदक जिते।
छात्रातर्फ कर्णालीकी कृष्णा रानाले १ मिनेट ४ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण, बागमतीकी भगवती खड्काले १ मिनेट ५ सेकेन्डमा दूरी पूरा गर्दै रजत र लुम्बिनीकी कमला वलीले १ मिनेट ८ सेकेन्डमा दूरी पूरा गर्दै कांस्य पदक हात पारे।
लङजम्प छात्रतर्फ मधेशका अनुजकुमार शाहले स्वर्ण जिल्ने क्रममा ६.११ मिटर, सुदूरपश्चिमका बरुणदत्त रानाले रजत पदक जित्ने क्रममा ६.७ मिटर र लुम्बिनीका श्लोक हरिजनले ५.८२ मिटर जम्प गर्दै कांस्य पदक हात पारे।
छात्रातर्फ कर्णालीकी सरिता शाहीले ४.६१ मिटर, कोशीकी निकिता एक्तेल लिम्बूले ४.५२ मिटर र गण्डकीकी सुजता कुमालले ४.२७ जम्प गर्दै क्रमशः स्वर्ण, रजत र कांस्य पदक हात पारे।