एमालेका सांसद रघुजी पन्तले पिआर र दोहोरो नागरिकता हुने सरकारी कर्मचारीमाथि छानबिन गर्न माग गरेका छन्।
बुधबारकाे प्रतिनिधिसभा बैठकमा बाेल्दै सांसद पन्तले कर्मचारीहरूसँग पिआर र दोहोरो नागरिकता रहेकाे भन्दै छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिएको निर्देशन अगाडि बढाउन माग गरेका हुन्।
उनले अख्तियारले दिएकाे निर्देशनपत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा किन अल्मलिएको भन्दै प्रश्न गरे।
उनले भने, ‘केही विशिष्ट श्रेणीका कर्मचारीसँग पनि पिआर र दाेहाेराे नागरिकता छ रे। नेपाल सरकारको नुन खाँदाखाँदै विदेशी नागरिकता लिन रहर लाग्ने महानुभाव को हुनुहुँदो रहेछ? त्यो हामीले पनि चिन्न पाउनुपर्यो। छिटो कारबाही गरेर संसद्लाई जानकारी दिइयोस्।’