जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव पुनः चयन

केन्द्रीय अध्यक्षमा यादवको मात्र उम्मेदवारी, अन्य पदमा भने मतदानको सम्भावना

बुधबार, ३० जेठ, २०८१
डिजिटल संस्करण

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय अध्यक्षमा उपेन्द्र यादव पुनः चयन भएका छन्। पार्टी स्थापनादेखि नै नेतृत्व गर्दै आएका यादव १८ वर्षदेखि अध्यक्ष छन्।

मधेश प्रदेशको राजधानी जनकपुरधाममा जारी पार्टीको राष्ट्रिय महाधिवेशनबाट उनी पुनः अध्यक्षमा चयन भएका हुन्।

आगामी कार्यकालका लागि केन्द्रीय कार्यसमिति चयन गर्न आज बिहान निर्वाचन प्रक्रिया अघि बढेको थियो । जहाँ अध्यक्ष पदमा यादवको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।

अध्यक्षबाहेकका पदमा भने थुप्रै उम्मेदवारी परेको छ। तर, नामावली भने सार्वजनिक भइसकेको छैन। महाधिवेशनले दुई सय एक सदस्यीय केन्द्रीय समिति चयन गर्नेछ।

सुझावित समाचार