भारतसँग पाकिस्तान ६ रनले पराजित

मंगलबार, २९ जेठ, २०८१
डिजिटल संस्करण

 विश्वकपअन्तर्गत समूह ‘ए’मा भारतले पाकिस्तानलाई ६ रनले हराएको छ । न्युयोर्कमा आइतबार पहिलो ब्याटिङ गरेको भारत १९ ओभरमा एक सय १९ रनमा अलआउट भएको थियो । प्रत्युत्तरमा पाकिस्तानले २० ओभरमा सात विकेट गुमाएर एक सय १३ रन जोड्दा भारतले ६ रनको जित निकालेको हो ।

भारतले टी–२० फम्र्याटमा पहिलोपटक कम योगफल रक्षा गरेको हो । यसअघि भारतले सन् २०१६ मा जिम्बावेविरुद्धको प्रतिस्पर्धामा एक सय ३९ रन रक्षा गरेको थियो । पाकिस्तानले भारतलाई पहिलोपटक टी–२० फम्र्याटमा अलआउट गर्न सफल भएको छ ।

भारतले सन् २०१२ को संस्करणमा पाकिस्तानविरुद्ध नौ विकेट गुमाएर १ सय ३३ रनको कम योगफल खडा गरेको थियो । पाकिस्तानमाथि रोमाञ्चक जित निकाल्न भारतका लागि जसप्रित ब्रुमराहले घातक बलिङ गरेका थिए । खेलकै म्यान अफ दी म्याच भएका बु्रमराहले चार ओभरमा १४ रन खर्चेर तीन विकेट लिए ।

See More On

सुझावित समाचार