गण्डकीका मुख्यमन्त्रीले विश्वासको मत लिँदै

सोमबार, २८ जेठ, २०८१
डिजिटल संस्करण

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सभामा विश्वासको मतका लागि प्रस्ताव पेस गरेका छन्। संविधानको धारा १६८ (३) बमोजिम १६ वैशाखमा नियुक्त पाण्डेले सोमबार विश्वासको मत लिन लागेका हुन्।

६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ३१ सदस्यको समर्थन चाहिन्छ। गण्डकीमा कांग्रेसका २७, एमालेका २२ माओवादीका सात, राप्रपाका दुई र एक स्वतन्त्र सांसद छन्।

आफ्नो मन्तव्य राख्ने क्रममा राप्रपा दलका नेता पञ्चराम गुरुङले मत दिने बताएका छन्। आवश्यक दुई मतका लागि स्वतन्त्र सांसद राजीव गुरुङ र माओवादीबाट चुनाव जितेका नेपाल समाजवादी पार्टीका नेता फणीन्द्र देवकोटाको मतको आश मुख्यमन्त्रीले गरेका छन्।

सुझावित समाचार