एमाले अर्घाखाँचीको अध्यक्षमा पुनः पीताम्बर भुसाल र सचिवमा तोजबहादुर रायमाझी सर्वसम्मत चयन भएका छन् ।नवौँ जिल्ला अधिवेशनबाट भुसाल र रायमाझी सर्वसम्मत रूपमा चयन भएका हुन् । अधिवेशनमा पालिका प्रतिनिधि, आयोजक गरी पाँच सय ६२ जना प्रतिनिधिमध्ये पाँच सय ३२ प्रतिनिधि मतदानमा सहभागी थिए ।
यसैगरी उपाध्यक्षमा निवर्तमान उपसचिव शम्भुप्रसाद पोखरेल र पूर्व प्रदेश कमिटी सदस्य प्रेमनारायण गैरेको उम्मेदारी परेको थियो । जसमा उपाध्यक्षमा शम्भुप्रसाद पोखरेल निर्वाचित भएका छन् । पोखरेलले तीन सय २४ मत पाउँदा गैरेले एक सय ९९ मत पाए । उपसचिव खुलामा खगेश्वर पन्थी र श्रीकृष्ण भुसालको उम्मेदवारी परेको थियो । जसमा खगेश्वर पन्थी निर्वाचित भएका छन् । पन्थीले तीन सय १४ र भुसालले एक सय ८९ मत प्राप्त गरे ।
महिला उपसचिवमा शिवकला विक र गीता भाट क्षेत्रीको उम्मेदवारी परेको थियो । जसमा शिवकला विक तीन सय ४८ मत प्राप्त गरी विजयी भएकी छन् । भाटले एक सय ४९ मत प्राप्त गरिन् । सन्धिखर्कको महिला सदस्य पदमा कमला खनाल, भण्डारी, दीपा आचार्य, देवी थापा भुसाल, मिश्रा आचार्य निर्वाचित भएका छन्। यस्तै खुलातर्फ रामबहादुर रायमाझी, मोतीजङ रायमाझी, लक्ष्मण पराजुली, लक्ष्मीनारायण चुँदाली, नारायणबहादुर बस्याल, श्रीधर महत्रा क्षत्री, हिमबहादुर जिसी लेकाली र भारत न्यौपाने निर्वाचित भएका छन् ।