कर्णाली नदीमा रहेको झोलुंगे पुलमा अड्किएका १३ खच्चड चारको उद्धार भएको छ।
अछामको पञ्चदेवल विनायक नगरपालिका– ९ कालेकाँडा र दैलेखको आठबिस नगरपालिका– ६ खिड्किजिउला जोड्ने झोलुंगे पुलको जाली लत्रिँदा १३ खच्चड पुलमा अड्किएका थिए।
खुट्टा जालीभित्र पसेपछि आज बिहानदेखि खच्चड पुलको बीचभागमै अड्किएका जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए।
उनका अनुसार उद्धारका लागि अछाम र दैलेखका विभिन्न प्रहरी चौकी तथा अछामस्थित नेपाली सेनाको गोरख बक्स गणको टोलीले खच्चरलाई नदीमा खसाएर उद्धार गरिरहेका छन्।
आज बिहान ११ बजे कर्णाली नदीमा निर्मित झोलुंगे पुलको दाहिनेतर्फ भागमा भारीसहितका खच्चड एकसाथ हिँड्न थालेपछि पुलको एकतर्फको जाली लत्रिएको बताइएको छ। खुट्टा जालीभित्र पसेपछि खच्चड घाइते भएका छन्।
व्यापारीले चिल्तडाबाट दैलेखको खिड्किजिउलातर्फ खच्चडलाई सामान बोकाएर लैजाँदै थिए।