नि:शुल्क शिक्षा घोषणाको तयारीमा रोशी

आइतबार, २७ जेठ, २०८१
डिजिटल संस्करण

काभ्रेको रोशी गाउँपालिका अनिवार्य तथा निःशुल्क शिक्षा घोषणाको तयारीमा लागेको छ । संविधानमै उल्लेखित संघीय नीतिलाई कार्यान्वयनमा ल्याउन रोशी गाउँपालिका लागेको हो । गाउँपालिकामा १२ वटा वडा छ ।

तीमध्ये १० वटा वडामा अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको घोषणा गरिसकेको छ । अब दुईवटा वडा मात्र बाँकी छ । ती वडा पनि केही दिनमै घोषणा गरेर पालिकालाई घोषणा गर्ने तयारीमा लागेको गाउँपालिका अध्यक्ष दिनेश लामाले जानकारी दिए । 

‘रोशी गाउँपालिकालाई अनिवार्य तथा नि:शुल्क शिक्षा लागू भएको घोषणा गर्ने तयारीमा तीव्र रूपमा लागेका छौँ,’ लामाले भने, ‘दुईवटा वडामा घोषणा गर्न बाँकी छ । ती वडामा घोषणा गरेपछि तत्कालै पालिका घोषणा गर्नेछौँ ।’ 

See More On

सुझावित समाचार