माओवादीका उपाध्यक्षले गरे एमालेको कार्यालय अवलोकन

शुक्रबार, २५ जेठ, २०८१
डिजिटल संस्करण

नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाले नेकपा (एमाले)को च्यासलस्थित केन्द्रीय कार्यालयमा पुगी कार्यालय सञ्चालन, व्यवस्थापन र  सूचना प्रविधिसम्बन्धी गतिविधिबारे जानकारी लिएका छन्।

दुई पार्टीबीच यसअघि भएको सल्लाहबमोजिम नेता सापकोटा एमाले मुख्यालय गएका हुन्। उपाध्यक्ष सापकोटाले एमालेको एक्सन रुम, एप्स, प्रचारप्रसार व्यवस्थापनबारे जिज्ञाशा राखेका थिए। 

उनको जिज्ञाशाबारे आफूहरूले अवगत गराएको एमालेका उपमहासचिव विष्णु रिमालले जानकारी दिए। उपाध्यक्ष सापकोटाले एमालेको कार्यालय सुव्यवस्थित र अत्याधुनिक पाइएको बताए।

सुझावित समाचार