‘नेपालका युवाकाे प्रतिनिधित्व : कक्षादेखि विश्व मञ्चसम्म’

शुक्रबार, २५ जेठ, २०८१
डिजिटल संस्करण

एलसिसिआई ग्लोबल क्वालिफिकेसनले उत्कृष्ट विद्यालयहरूलाई पुरस्कार प्रदान गरेको छ।

‘नेपालमा युवाहरूको प्रतिनिधित्व : कक्षादेखि विश्व मञ्चसम्म’ नाराका साथ आयोजना गरिएको सेमिनारमा विद्यालयहरूलाई पुरस्कार प्रदान गरिएकाे हाे।  

गत १७ जेठमा होटेल र्याडिसन, लाजिम्पाटमा सम्पन्न कार्यक्रमकाे  प्रमुख अतिथि नेपालका लागि बेलायती राजदूत रोब फेन थिए। साे कार्यक्रममा इमर्जिङ स्कुल अवार्ड, बेस्ट एकेडेमिक पर्फमेन्स अवार्ड, टप अवार्ड वितरण गरिएको थियो। क्याम्ब्रिज अंग्रेजी भाषा योग्यता अनुशरण गरेका विद्यालयहरूलाई यी पुरुस्कार प्रदान गरिएकाे आयाेजक संस्थाले जनाएकाे छ। 
 
एलसिसिआई ग्लोबल क्वालिफिकेसनल विद्यार्थीहरूको क्षमता अभिवृद्धि, व्यवस्थापकीय सीप विकास, अंग्रेजी भाषाको सीप, कम्प्युटिङ र आइटीको क्षेत्रमा काम गरिरहेको एक अग्रणी संस्था हो। 

सुझावित समाचार