विद्युतीय गाडी ब्रान्ड ओमोडाले आइसिसी टी–२० विश्वकपका अवसरमा ‘नेपाल स्कोर्स, ओमोडा ग्रोज’ वातावरणीय योजना ल्याएको छ । योजनाअनुसार ओमोडाले क्रिकेट टोलीले बनाउने प्रत्येक रन वा विकेटमा रुख रोप्नेछ ।
यही अवसरमा एक लाख रुख रोप्ने संकल्प लिएको छ । कम्पनीका अनुसार प्रत्येक चौकामा पाँच र छक्का या विकेटमा १० रुख रोपिनेछ । कम्पनीको यो अभियानमा ब्रान्डसँगै देशभरका ओमोडा खरिदकर्ता तथा चालक सहभागी हुन सक्नेछन् ।
एसपिजी अटोमोबाइल्स प्रालिका निर्देशक गौरव सारडाले यो अभियान दिगो भविष्यप्रति आफ्नो प्रतिबद्धताको महत्वपूर्ण कदम रहेको बताए ।