ग्लोबल आइएमई बैंक लिमिटेड र त्रिवेणी मोटोकर्प प्रालिबीच विद्युतीय सवारी कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ । समझदारीपत्रमा बैंकका साना, मझौला तथा खुद्रा एवं कृषि कर्जा विभाग प्रमुख नरहरि सिलवाल र त्रिवेणी मोटोकर्प प्रालिका तर्फबाट वरिष्ठ महाप्रबन्धक अनुजकुमार गोयलले हस्ताक्षर गरे ।
उक्त समझदारीअनुसार बैंकले त्रिवेणी मोटोकर्प प्रालि तथा उक्त कम्पनीका आधिकारिक विक्रेताले बिक्री गर्ने विद्युतीय सवारीसाधन खरिदका लागि सर्वसुलभ ब्याजदरमा छिटो, छरितो र सहज कर्जा प्रवाह गर्ने बताइएको छ ।
बैंकले ग्रिन फाइनान्सिङ प्रवद्र्धन गर्न विद्युतीय सवारीसाधनलाई सर्वसुलभ ब्याजदरमा कर्जा प्रवाह गर्दै आएको छ । त्यसैगरी, बैंकले व्यक्तिगत रूपमा ‘अटो लोन’ तथा व्यावसायिक प्रयोजनका लागि ‘हायर पर्चेज’ कर्जा प्रवाह गर्ने गरेकोे छ । ग्राहक वर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समय सान्दर्भिक योजना ल्याएर ग्राहकलाई लाभान्वित गर्दै आएको छ ।