जिल्लाका ३१ हजार बढी बालबालिकालाई पोलियोविरुद्धको आइपिभी खोप लगाइएको छ । यही जेठ १३ देखि २२ गतेसम्म अभियानका रूपमा सञ्चालित खोप कार्यक्रममा ३१ हजार दुई सय २१ जनाले खोप लगाएका हुन् ।
जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीका अनुसार ३६ हजार सात सय चारजनालाई लगाउने लक्ष्य रहेकामा भरतपुर महानगरपालिकाका १९ हजार दुई सय ९४ मध्ये १६ हजार दुई सय ९८, कालिका नगरपालिकाका दुई हजार तीन सय १३ मध्ये दुई हजार दुई सय १३, खैरहनी नगरपालिकाका तीन हजार दुई सय ५१ मध्ये एक हजार नौ सय १३ जना बालबालिकालाई खोप लगाइएको छ ।
यसैगरी माडी नगरपालिकाका दुई हजार एक सय २९ मध्ये एक हजार छ सय ५२, रत्ननगर नगरपालिकाका चार हजार तीन सय ६९ मध्ये चार हजार एक सय तीन, राप्ती नगरपालिकाका तीन हजार आठ सय ५३ मध्ये तीन हजार ९६ र इच्छाकामना गाउँपालिकाका एक हजार चार सय ७४ मध्ये नौ सय ४६ जना बालबालिकालाई खोप लगाइएको उनले जानकारी दिए ।
खोपअभियानमा चार सय १२ स्वास्थ्यकर्मी र सात सय ३१ स्वयंसेवक परिचालन गरिएको थियो । विसं २०७३ वैशाखदेखि २०७५ आसोजसम्म जन्मिएका बालबालिकालाई लक्षित गरी खोप कार्यक्रम सञ्चालन गरिएको थियो ।
चितवनमा ३१ हजार बढी बालबालिकालाई आइपिभी खोप
सुझावित समाचार
प्रधानमन्त्री कार्यालयबाट भएको चासोप्रति क्रियाशील हुँदै सञ्चारकर्मीलाई बोलाइएको हो : प्रहरी
काठमाडौं । सञ्चार क्षेत्रमा शुक्रबार भएको धरपकडको घटनामा प्रधानमन्त्रीको सचिवालय र नेपाल प्रहरीको वक्तव्य बाझिएको छ । प्रधानमन्त्रीक…
समाचारकक्षमा राज्यआतंकको अढाई घण्टा (भिडियोसहित)
काठमाडौं । नेपालको संविधानले नै प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको छ । संविधानको ठाडो बर्खिलाप हुने गरी शुक्रबार नेपालमा…
प्रेस स्वतन्त्रतामा हस्तक्षेप गर्ने कार्यको रोकथाम होस् : ओमप्रकाश अर्याल
काठमाडौं । पूर्वगृहमन्त्री तथा अधिवक्ता ओमप्रकाश अर्यालले लोकतान्त्रिक अधिकार, प्रेस स्वतन्त्रता एवं व्यावसायिक पत्रकारितामा हस्त…
पत्रकारमाथि धरपकडको घटना संविधानको बर्खिलाप छ, यसबाट सरकार पन्छिन मिल्दैन : सुधीर शर्मा
काठमाडौं । पत्रकारमाथि धरपकडको घटना संविधानको सरासर बर्खिलाप भएको पत्रकार सुधीर शर्माले टिप्पणी गरेका छन् । यो कदमले लोकतान्त्र…
मिडियामा धरपकड ज्ञानेन्द्र कार्यकाललाई माथ खुवाउने घटना : टीकाराम भट्टराई
काठमाडौं । शुक्रबार सञ्चारगृहमा प्रहरीको धरपकड घटनाले राजा ज्ञानेन्द्र कार्यकाललाई माथ खुवाउने भएको वरिष्ठ अधिवक्ता टीकाराम…
स्रोत पत्ता लगाउन समाचारकक्षमा छिरेर प्रहरीले पत्रकार पक्राउ गर्न थालेको हो भने यो मुलुकमा संविधान सकियो : शिव गाउँले
काठमाडौं । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्षसमेत रहेका पत्रकार शिव गाउँलेले देशमा संविधान जोगाउनका लागि लड्नुपर्ने वेला आएको…