ट्रक ब्याक गर्ने क्रममा पैदल यात्रीलाई ठक्कर दिँदा बिहीबार कास्कीमा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कास्कीको अन्नपूर्ण गाउँपालिका–१ नौडाँडा बस्ने ७० वर्षका दुर्गाप्रसाद दाहाल रहेकाे जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहनकुमार थापाले जानकारी दिए।
नौडाँडामा ग १ क २६२५ नम्बरको ट्रक अनलोड गरी ब्याक गर्ने क्रममा पैदल यात्री दाहाललाई ठक्कर दिएको थियो। ठक्करबाट घाइते भएका दाहाललाई पोखरामा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए।
घटनापछि प्रहरीले ठक्कर दिने ट्रक र ट्रकचालक धादिङको गल्छी गाउँपालिका– २ बस्ने ३५ वर्षीय लेखबहादुर श्रेष्ठलाई नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरेको जनाएको छ।