लर्निङ कर्भको ‘ह्वाट्स ट्रेन्डिङ’ कार्यशाला

बिहिबार, २४ जेठ, २०८१
डिजिटल संस्करण

बिजनेस थ्री–सिक्स्टी र क्याटलिस्टले समसामयिक व्यवसायका विषयवस्तु अन्वेषण गर्न त्रैमासिक पहल ‘लर्निङ कर्भ’ कार्यशाला आयोजना गर्ने भएको छ । कार्यक्रम यही जुन २७ तारिखमा कमलादीमा हुने बताइएको छ । 

‘ह्वाट्स ट्रेन्डिङः अनलक द फ्युचर अफ मार्केटिङ– ट्रेन्ड्स, एआई एन्ड डाटा–ड्रिभन स्ट्राटेजिज,’ शीर्षकमा लर्निङ कर्भको उद्घाटन सत्रमा हुनेछ । यो विशेष कार्यशाला डिजिटल मार्केटिङको अत्याधुनिक प्रविधिसँग अपडेटेड रहन उत्सुक अग्रगामी सोच भएका प्रोफेसनलका लागि डिजाइन गरिएको आयोजकले जनाएको छ । सहभागीहरूले डिजिटल ल्यान्डस्केपको गतिशील विकास, उपभोक्ताको कन्टेन्ट कन्जम्प्सन ट्रेन्ड्स र मार्केटिङ रणनीतिमा एआई र मेसिन लर्निङको परिवर्तनकारी प्रभावबारे अमूल्य अन्तर्दृष्टि प्राप्त गर्नेछन् ।

व्यावसायिक विकासको दर्शनलाई अँगाल्दै आएको लर्निङ कर्भले गहन छलफल, विशेषज्ञका इनसाइट्स र उद्योगी व्यवसायीका लागि तयार पारिएका कोलाबरेटिभ लर्निङका लागि मञ्च पनि प्रदान गर्ने गर्दछ । यस पहलको उद्देश्य, नयाँ सीप र ज्ञान प्राप्त गर्ने प्रक्रियामा प्राप्त उपलब्धि र चुनौतीहरू पत्ता लगाउँदै, सधैँ विकसित हुँदै गइरहेको व्यापारिक परिदृश्यमा अनुकूलन हुने क्षमतालाई बढावा दिनु रहेको बताइएको छ ।

सुझावित समाचार