जापानको जन्मदर थप घट्यो

बिहिबार, २४ जेठ, २०८१
डिजिटल संस्करण

जापानको स्वास्थ्य मन्त्रालयले बुधबार देशको जन्मदर लगातार आठौँ वर्ष पनि घटेको जनाएको छ । मन्त्रालयले अभिभावकलाई बालबच्चा जन्माउन प्रेरित गर्ने पहल ल्याउँदासमेत जन्मदर घट्नु ‘गम्भीर’ भएको जनाएको छ ।

मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार जापानको जन्मदर (एकजना महिलाले आफ्नो जीवनमा जन्माउन सक्ने औसत सन्तानको संख्या) गत वर्ष १.२० रह्यो । यो जनसंख्यालाई घट्न नदिन आवश्यक पर्ने २.१ बालबालिकाभन्दा निकै कम हो । यो जन्मदर सन् २०२२ को दर अर्थात् १.२६ बाट समेत घटेको हो । १२ करोड ४० लाख जनसंख्या भएको जापानमा यो लगातार आठौँ वार्षिक गिरावट हो । 

‘जन्मदरमा निरन्तर गिरावट आउनु ‘चिन्ताजनक’ अवस्था हो । आर्थिक कठिनाइ, कामको उच्च दबाब र बच्चा हुर्काउने कठिनाइजस्ता कारणले जन्मदर घटिरहेको हुन सक्छ,’ स्वास्थ्य मन्त्रालयका एक अधिकारले एएफपीलाई भने । घट्दो जन्मदर विकसित देशमा एक सामान्य प्रवृत्ति बन्दै गएको छ । जापानको जन्मदर अझै पनि यसको छिमेकी दक्षिण कोरियाको ०.७२ भन्दा माथि छ । 

सुझावित समाचार