मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज दिउँसो ३ बजे लिने भनिएको विश्वासकाे मत नलिने भएका छन्।
स्वास्थ्यमा समस्या आएको भन्दै मुख्यमन्त्री यादवले आजको प्रदेश सभाको कार्यसूची २८ जेठमा सार्न प्रदेश सभा सचिवालयमा पत्र पठाएका छन्।
विपक्षी दलहरूले भने सत्ता लम्ब्याउन स्वास्थ्य समस्या देखाएर समय अगाडि बढाएको बताएका छन्। मुख्यमन्त्री यादवले आफ्नो पक्षमा स्पष्ट बहुत नदेखिएपछि बैठक सारेको विपक्षी दलहरूको आरोप छ।