पछिल्लो समय नेपालमा पनि हिन्दी गीत निर्माण गर्ने क्रम बढ्न थालेको छ। यस्तैमा गीतकार प्रमिला बस्नेतको शब्द तथा शंकर थापा ‘स्माइल’को संगीतमा हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक भएको छ।
एउटा बुहारीको भूमिका परिवारमा धेरै महत्त्वपूर्ण हुँदाहुँदै पनि बुहारीहरूले भोग्नुपर्ने समस्यालाई अलिकति भए पनि मल्हम लगाउने प्रयासस्वरूप ‘बहुरानी’ निर्माण गरिएको बताइएको छ।
अनु चौधरीको स्वर र विश्व अधिकारीको एरेन्ज रहेको गीतको भिडियोलाई अत्यन्तै आकर्षक ढंगबाट खिचिएको छ। धेरै कोरोस डान्सरहरूको साथमा कलाकारहरू रिमा विश्वकर्मा, एलिशा शर्मा, सृष्टि सुब्बा, सम्राट अधिकारी, रश्मी श्रेष्ठ, राधिका थापा, प्रतीक्षा लिम्बू, दीपक भुर्तेल आदिको अभिनय छ।
बुद्ध थापाको सिनेमाटोग्राफी र मिलन विश्वकर्माको सम्पादन रहेको भिडियोलाई केशव भट्टले निर्देशन गरेका हुन्।