युएलसिआईले आइतबार आई–फेयर गर्दै

शनिबार, १९ जेठ, २०८१
डिजिटल संस्करण

भाषा परीक्षालाई सहज बनाउन आई–फेयर 

युनिभर्सल ल्यांग्वेज एन्ड कम्प्युटर इन्स्टिच्युटले उच्च शिक्षा तथा कामका लागि आवश्यक अन्तर्राष्ट्रिय भाषा परीक्षा छनोट सहज बनाउने उद्देश्यले जेठ २० गते आई–फेयर आयोजना गर्ने भएको छ।

कार्यक्रमबारे जानकारी दिन शुक्रबार आयोजित कार्यक्रममा युनिभर्सलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) उत्तमप्रसाद पन्तले आई–फेयर एकै स्थानबाट सबै अन्तर्राष्ट्रिय भाषा परीक्षाहरूको आधिकारिक निकायका विज्ञहरूबाट जानकारीहरू पाउने सम्भवत पहिलो अवसर हुने दाबी गरे। 

कार्यक्रममा आइएलटिएस, पिटिई, एसएटी, टोफल, स्किल फर इंग्लिस, ओइटी र जापनिज भाषा परीक्षा जेएफटीको विषयमा विज्ञहरूबाट विद्यार्थीहरूले जानकारी पाउने उनले बताए। आई–फेयरमा सम्बन्धित भाषा परीक्षाको विषयमा जानकारी दिन ब्रिटिस काउन्सिल, इटिएस नेपाल, पियरर्सनलगायतका निकायहरूबाट विज्ञहरू जानकारी दिन उपलब्ध हुनेछन्। 

विशेष गरी उच्च शिक्षामा बिदेसिन खोज्ने विद्यार्थीहरूका लागि आवश्यक धेरै अंग्रेजी भाषाका परीक्षामध्ये कुन आफ्ना लागि उपयुक्त हुन्छ भन्ने छनोट गर्न आई–फेयर निक्कै नै फलदायी हुने पन्तको भनाइ छ। 

यसैगरी, उच्च शिक्षा अध्ययनका लागि विदेश जाँदा गर्नुपर्ने आर्थिक कारोबारहरूको विषयमा कार्यक्रममा नबिल बैंकले जानकारी उपलब्ध गराउनेछ। नेपालमै अध्ययनका लागि इच्छुक विद्यार्थीहरूका लागिसमेत राजधानीको गेट कलेजले आई–फेयरमा स्टल राखी जानकारी दिने सिइओ पन्तले बताए।

कार्यक्रम युनिभर्सलको प्रांगण डिल्लीबजारमा आइतबार बिहान ११ बजेदेखि ३ बजेसम्म चल्नेछ। आई–फेयरमा सहभागिताका लागि विद्यार्थीहरूलाई नि:शुल्क प्रवेशको व्यवस्था मिलाइएको छ।विभिन्न भाषा परीक्षाका कार्यक्रमहरूले विद्यार्थीहरूका लागि केही नि:शुल्क भौचर कुपनसमेत उपलब्ध गराउने युनिभर्सलले जनाएको छ।

See More On

सुझावित समाचार