नेपाल कम्युनिस्ट पार्टी (एमाले) राष्ट्रिय महिला भेलाका क्रममा दुई सय २९ जनाको पाठेघरको मुखको क्यान्सर ‘स्क्रिनिङ’ गरिएको छ । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको आयोजनामा भेलामा सहभागी ती महिलाको ‘पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ’ गरिएको हो ।
महासंघका उपाध्यक्ष शारदा खनालले दुई सय २९ जनाको ‘एचपिभिडिएन प्रविधि’बाट पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ गरिएको जानकारी दिइन्।
उनले स्क्रिनिङको नतिजा एक महिनापछि मात्र प्राप्त हुने जानकारी दिइन् । ‘हाम्रा धेरै दिदीबहिनी पाठेघरको मुखको क्यान्सरबाट पीडित भएका पाइएको छ,’ उनले अन्य मुलुकमा स्तन क्यान्सरका बिरामी अधिक भेटिएका जानकारी दिँदै भनिन् । समय–समयमा पाठेघर र स्तन परीक्षण गराउन उपाध्यक्ष खनालले सुझाव दिएकी छिन् ।