एनआइसीको मधेश प्रादेशिक र वीरगन्ज शाकाठमाडौं/ एनआइसी एसिया बैंकले मधेश प्रादेशिक कार्यालय र वीरगन्ज शाखा कार्यालय आफ्नै भवनबाट सञ्चालनमा ल्याएको छ ।
यसअघि बर्दीबास नगरपालिकामा रहेको मधेश प्रादेशिक कार्यालय र वीरगन्ज महानगरपालिकामै रहेको वीरगन्ज शाखा नवनिर्मित भवनमा स्थानान्तरण भई सम्पूर्ण बैंकिङ कारोबार सञ्चालन भइरहेको बैंकले जनाएको छ ।
बैंकले निर्माण गरेको उक्त नवनिर्मित भवनबाट प्रादेशिक कार्यालय र शाखा सञ्चालनमा ल्याएपश्चात् ग्राहक महानुभावलाई सम्पूर्ण किसिमका अत्यावश्यक बैंकिङ सेवा लिन थप सहज हुने बैंकले विश्वास लिएको छ ।खा आफ्नै भवनमा