मनसुनमा बिरुवाको स्याहार

बिहिबार, १७ जेठ, २०८१
डिजिटल संस्करण

मानिसहरू आफ्नो घर, बार्दली वा गेटलाई बिरुवा राखेर सजाउन चाहन्छन् । जाडोको दाँजोमा मनसुनमा बिरुवा राम्रोसँग हुर्कन्छ । तर, सँगसँगै विभिन्न किरा लाग्ने जोखिम पनि रहन्छ । तसर्थ, यसको स्याहारमा ध्यान दिनुपर्छ  । 

- राम्रो गुणस्तरको बिउ चयन गर्न जरुरी हुन्छ । जसकारण, भविष्यमा राम्रो र स्वस्थ बिरुवा हुर्कियोस् । त्यस्तै, राम्रो गुणस्तरीय माटोको चयन गर्नुपर्ने हुन्छ । यसका लागि नर्सरी वा कृषिविज्ञसँग परामर्श गर्न सक्नुहुन्छ । 

- मनसुनमा बिरुवा राम्रोसँग हुर्कन्छ । तर, सँगसँगै विभिन्न किरा लाग्ने जोखिम पनि रहन्छ । त्यहीकारण कीटनाशक औषधि प्रयोग गर्नुपर्छ । 

- आवश्यकताभन्दा बढी पानीले उल्टै बिरुवालाई हानि गर्न सक्छ । घरलाई पनि प्रदूषित बनाएर अन्य विभिन्न संक्रमण फैलाउन सक्छ । त्यसकारण, घरआसपास पानी जम्न दिनुहुँदैन । 

- बिरुवालाई राम्ररी हुर्कनका लागि रासायनिक मलको साटो कम्पोस्ट मल प्रयोग गर्नु राम्रो हुन्छ । घरमा बचेको खाना, पातलगायतलाई कुहाएर कम्पोस्ट मल बनाउन सकिन्छ । 

- वेलावेला बिरुवाको छाँटकाँट गर्नुपर्छ । जसकारण बिरुवा राम्ररी हुर्कन पाउँछ । आफ्नो गमलामा रहेको माटोलाई पनि वेलावेला बदल्नु राम्रो हुन्छ । गमलालाई तेज हावा र समय चर्को प्रकाशबाट पनि जोगाउन जरुरी छ । किनकि तेज हावा र चर्को प्रकाशले बिरुवालाई नष्ट गर्न सक्छ । 

- गमलाको वजन हल्का हुन्छ । यसलाई आवश्यकताअनुसार घरको गेट, कौसी, बार्दली वा बरान्डामा सार्न पनि सकिन्छ । घरमा प्रयोग नभएका भाँडामा पनि माटो र बिउ हालेर बिरुवा रोप्न सकिन्छ । 

See More On

सुझावित समाचार