प्रधानमन्त्री प्रचण्ड र झलनाथ खनालबीच भेटवार्ता

बिहिबार, १७ जेठ, २०८१
डिजिटल संस्करण

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहीबार बिहान प्रचण्ड र खनालबीच भेटवार्ता भएको हो ।

समसामयिक राजनीतिक विषयका साथै संघीय सरकार र प्रदेश सरकारहरूमा पनि वाम सहकार्यलाई सुदृढ बनाउँदै लैजाने विषयमा दुई नेताबीच छलफल भएको छ ।

यसअघि बुधबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित कांग्रेस सभापति शेरबहादुर देउवा, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको थियो । 

विशेषगरी मधेश, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारबारे छलफल भएको नेताहरूले बताएका छन् ।

सुझावित समाचार