जुरिखेतमा कार दुर्घटना : मृत्यु हुनेको संख्या तीन पुग्यो (अपडेट)

घाइते दुईजनाको अवस्था गम्भीर

बुधबार, १६ जेठ, २०८१
डिजिटल संस्करण

मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ जुरिखेतमा भएको कार दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ। दुर्घटनामा दुईजना घाइते भएका छन्। 
उनीहरूको अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै मकवानपुर प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा एक बालिका र दुई पुरुष छन्। उनीहरूको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए। घाइते दुवैजना महिला हुन्। उनीहरूको हेटौँडास्थित मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको पनि पहिचान खुल्न बाँकी रहेको प्रवक्ता भण्डारीले जानकारी दिए।

डिएसपी भण्डारीका अनुसार काठमाडौंबाट हेटौँडातर्फ आउँदै गरेको बा ६च ९३७९ नम्बरको कार अनियन्त्रित भएर सडकबाट करिब दुई सय ५० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको हो। 

सुझावित समाचार