भारतकाे राजधानी नयाँदिल्लीको मुंगेशपुर क्षेत्रमा बुधबारकाे तापक्रम ५२.३ डिग्री सेल्सियस मापन गरिएकाे छ। यो अहिलेसम्मकै उच्च तापक्रम हो।
भारतको राजधानीको तापक्रम बुधबार अहिलेसम्मकाे रेकर्ड ब्रेक गर्दै ५२.३ डिग्री सेल्सियस पुगेको भारतीय मौसम विज्ञान विभाग (आइएमडी)ले जनाएको छ।
मंगलबार, उत्तरपश्चिमी दिल्ली इलाकामा ४९.९ डिग्री सेल्सियस रेकर्ड भएकाे थियाे। केही दिनदेखि चलेकाे अत्यधिक ताताे हावाका तापक्रममा वृद्धि हुँदै गएकाे छ। अत्यधिक गर्मीले पानीका स्राेत सुक्न थालेपछि खानेपानीकाे आपूर्तिमा कटाैती गरिएकाे छ।